स्थानीय सरकार सधैँ जनताप्रति उत्तरदायी र संवेदनशील हुनुपर्छ : सञ्चारमन्त्री गुरुङ
लमजुङ । नेकपा (एमाले) का उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थानीय सरकार सधैँ जनताप्रति उत्तरदायी र संवेदनशील हुनुपर्ने बताएका छन्। नेकपा (एमाले) लमजुङद्वारा बेँसीसहरमा शुक्रबार आयोजित भेलालाई सम्बोधन गर्दै उनले स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार रहेकाले