सिरहा । जल तथा ऊर्जा आयोगबाट प्राविधिक उपसचिव (इलेक्ट्रोनिक इञ्जिनियर)बाट दुई वर्षअघि अवकाश भएयता लहान–१६ का सुकदेव चौधरी कृषि कर्ममा रमाइरहेका छन् । अध्ययन र अनुभवको क्षेत्र फरक भए पनि कृषि कर्म मनमा शान्ति दिने अस्त्र भएको उनले सुनाए ।