काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभ्याक्स सुविधाको खोप चाँडै आपूर्ति गर्न संयुक्त राष्ट्रसंघलाई आग्रह गरेका छन् । राष्ट्रसंघको नेपालस्थित आवासीय प्रतिनिधि सारा बेसोलो न्यान्तीसँगको भेटमा प्रधानमन्त्री ओलीले नेपालको अवस्थालाई मध्यनजर गर्दै खोप चाँडो आपूर्ति गर्न आग्रह गरेका हुन् ।