नवलपरासीमा सवारीसाधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
मध्यविन्दु, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१०, सिस्नेस्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । गैँडाकोटबाट कावासोतीतर्फ जाँदै गरेको बा२झ ३८५४ नम्बरको टाटा सुमोले गएराति पैदलयात्री चितवनको भरतपुर महानगरपालिका–२५ का ४७ वर्षीय श्यामबहादुर भुजेललाई ठक्कर दिएको थियो