वैशाख शुक्ल चतुर्दशी : आज नृसिंह जयन्ती
काठमाडौँ। वैदिक सनातन हिन्दु धर्मअनुसार आज नृसिंह जयन्ती मनाइँदैछ। भक्तको रक्षा गर्न भगवान् विष्णुले वैशाख शुक्ल चतुर्दशीमा नृसिंह अवतार लिएकाले यस दिन नृसिंह जयन्ती मनाउने गरिएको जानकारहरू बताउँछन्। धार्मिक मान्यताअनुसार नृसिंह अवतार भगवान् विष्णुको चौथो अवतार हो। दैत्यराज हिरण्यकश्यपुको वध