नेपालगञ्ज, २१ जेठ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एनपी साउदले लोकतान्त्रिक पद्धतिको बाटोमा हिँड्न सरकारलाई आग्रह गर्नुभएको छ । नेपाली काङ्ग्रेसको राष्ट्रिय जागरण अभियानअन्तर्गत नेपाल विद्यार्थी सङ्घले बाँकेको कोहलपुरमा आयोजना गरेको सभामा उहाँले वर्तमान सरकारले जनतालाई दिनहुँ झुक्याइरहेको बताउनुभयो ।