मानवअधिकार रक्षाका निम्ति सदन सधैँ सहयोगी रहनेछ : सभामुख घिमिरे
काठमाडौँ । सभामुख देवराज घिमिरेले मानवअधिकारको रक्षाका निम्ति सदन सधैँ सहयोग रहने बताएका छन् । छयत्तरौँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले मानवअधिकार रक्षा गर्न सरकार सधैँ संवेदनशील हुनुपर्नेमा जोड दिए ।