काठमाडौं विश्वविद्यालयकोे उपकुलपतिमा प्रा. डा. विवेक बराल नियुक्त
काठमाडौं । काठमाडौं विश्वविद्यालयकोे उपकुलपतिमा प्रा. डा. विवेक बराल नियुक्त भएका छन् । कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले बराललाई आज शुक्रबार उपकुलपतिमा नियुक्त गरेका हुन् । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा गठित समितिले बरालको नाम सिफारिस गरेको थियो ।