कात्तिक २०, धनकुटा । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि मनोनयन दर्ता भएसँगै धनकुटामा चुनावी सरगर्मी बढेको छ । दलका नेता, कार्यकर्ता र उम्मेदवारहरु धनकुटालाई प्रदेशको राजधानीसँगै विकास, समृद्धि, सुशासनका मुद्दा लिएर आ–आफ्नो पक्षमा जनमत सिर्जना गर्न लागि परेका छन् ।