उद्योगी प्रकाश मुन्दडाकाे घरमा प्रहरीको छापा
विराटनगर । मोरङ प्रहरीले नेपाल उद्योग परिसंघका केन्द्रीय सदस्य तथा मोरङ व्यापार संघका पूर्वअध्यक्ष प्रकाश मुन्दडाको विराटनगरस्थित घरमा छापा मारेको छ। मुन्दडाको घरमा अवैध सामग्री र स्रोत नखुलेको रकम राखिएको सूचनाको आधारमा आज सोमबार बिहान प्रहरीले खानतलासी गरेको हो ।