हुलाकी सडक पूर्वपश्चिम राजमार्गको विकल्प बन्दै
काठमाडौं । बाँकेमा निर्माणाधीन अवस्थामा रहेको हुलाकी सडक पूर्वपश्चिम राजमार्गको सहज वैकल्पिक मार्गका रूपमा प्रयोग हुन थालेको छ। हुलाकी सडकअन्तर्गत राप्तीसोनारी गाउँपालिका-६ कुण्डाचोकदेखि अगैयासम्म जोड्ने हुलाकी सडकमा सवारीसाधनको चहलपहल उल्लेख्य रूपमा बढ्दै गएको छ। विशेषगरी नेपालगञ्जबाट दाङतर्फ आवतजावत गर्ने यात्रुले