मलाई कुनै पदको आशक्ति छैन, राजनीति गर्न पाउनु मेरो संवैधानिक अधिकार हो : विद्या भण्डारी
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई कुनै पदको लालसा, महत्वकांक्षा र आशक्ति नभएको बताएकी छिन् । आज शुक्रबार काठमाडौंमा एक पत्रकार सम्मेलन आयोजना गर्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् । उनले राजनीति गर्न पाउनु आफ्नो संवैधानिक अधिकार भएको जिकिर गरेकी