छिटो न्याय सम्पादन र जनआस्था वृद्धि गर्न अहोरात्र खटिरहेका छौँः प्रधानन्यायाधीश राउत
काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले छिटो न्याय सम्पादन र जनआस्था वृद्धि गर्न अहोरात्र खटिरहेको बताएका छन् । सर्वोच्च अदालतमा आज आयोजित गोला प्रक्रियाबारे पत्रकारलाई जानकारी गराउँदै प्रधानन्यायाधीश राउतले भने, “संविधानले प्रधानन्यायाधीशसहित २१ न्यायाधीशको व्यवस्था गरेको भए पनि पूर्ण रुपमा न्यायाधीश