नवनियुक्त आईजीपी दानबहादुर कार्कीलाई दर्ज्यानी चिह्न प्रदान
काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दर्ज्यानी चिह्न लगाएका छन् । आज बिहीबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव रामेश्वर दंगालले कार्कीलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । कार्कीलाई सरकारले सोमबार ३३औँ आईजीपीमा नियुक्त गरेको थियो ।