द्रुतमार्ग निर्माणमा कोभिड–१९ को प्रभाव शून्य
काठमाडौँ, २७ फागुन । राष्ट्रिय गौरवको काठमाडौँ–तराई–मधेश द्रुतमार्ग ‘फास्ट ट्र्याक’ निर्माणमा चीनको उहानबाट फैलिएको कोभिड–१९ को हालसम्म कुनै असर परेको छैन । नेपाली सेनाको व्यवस्थापनमा चार वर्षभित्र पूरा गर्ने लक्ष्य लिइएको उक्त आयोजना कार्ययोजनानुरूप सम्पूर्ण काम अघि बढिरहेको छ ।