सांसदद्वारा दिलीपका हत्यारालाई कडा कारवाही गर्नुपर्ने माग
काठमाडौँ, २७ पुस । राष्ट्रियसभाका सांसदहरुले ढुङ्गा, गिट्टी र बालुवाको अवैध उत्खनन रोक्ने क्रममा टिपरले किचेर हत्या गरिएका धनुषाका दिलीप महतोका वास्तविक दोषीलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद डा. विमला राई