टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु, टिपर चालक फरार
दाङ । दाङमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार रा१ख १२८६ नम्बरको टिपरले ठक्कर दिँदा स्थानीय ४० वर्षीया डिला पौडेलको मृत्यु भएको हो । टिपरले साइकलयात्री पौडेललाई आज बिहान करिब साढे ६ बजे ठक्कर दिएको थियो ।