गल्फागाड गाउँमा ज्वरोका बिरामी बढे
सिमकोट । हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिका–२ को गल्फागाड गाउँमा भाइरल ज्वरोका बिरामी बढेका छन् । केही दिनयता सो गाउँमा बिरामीको सङ्ख्या बढेर गाउँ नै थला परेको छ । गाउँमा रुघाखोकीका बिरामी बढ्दै गए पनि उपचारका लागि नजिकमा स्वास्थ्य