थर्मल गनविना उपचार
रुकुमपूर्व, २४ चैत । रुकुम (पूर्व) मा आवश्यक उपकरण नहुँदा स्वास्थ्यकर्मीले जोखिम मोलेर बिरामीको जाँच गर्ने गरेका छन् । सरकारले लकडाउन घोषणा गरेको दुईसाता बित्दासमेत जिल्लामा एउटा पनि थर्मल गन नआएपछि बिरामीको जाँच गर्न समस्या भएको स्वास्थ्यकर्मीले बताएका छन् ।