गण्डकीमा गठबन्धनका उम्मेदवारहरु शर्मा, परियार र श्रेष्ठ विजयी
काठमाडौं । गण्डकी प्रदेशमा राष्ट्रियसभा सदस्यमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गण्डकीमा भएको ३ सिटको निर्वाचनमा गठबन्धनका सवै उम्मेदवारहरु निर्वाचित भएका हुन् । कांग्रेसबाट अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपांगता/अल्पसंख्यकतर्फ पदमबहादुर परियार र महिलातर्फ माओवादीबाट मनरुपा शर्मा निर्वाचित भएका हुन्