नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुनःपहिरो
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको खहरे खोलामा पुनः सुक्खा पहिरो खसेको छ । आज बिहान ८ः३० बजे खसेको पहिरो दिउँसो १ः१५ बजे पन्छाएर सञ्चालनमा ल्याइएको थियो । दिउँसो २ः५० बजे पुनः पहिरो खसेर सडक अवरुद्ध भएको छ ।