विकास समितिको सभापतिमा खड्का
५ असोज, काठमाडौं । प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको सभापतिमा कल्याणीकुमारी खड्का निर्विरोध निर्वाचित हुनुभएको छ । समितिको आजको बैठकले उहाँलाई सर्वसम्मतरुपमा सभापतिमा निर्विरोध चयन गरेको हो । खड्काको उम्मेदवारीमा सांसद गणेशकुमार पहाडी प्रस्तावक र समर्थकमा इन्दुकुमारी शर्मा रहनुभएको थियो