अध्यक्ष पराजुलीलाई मातृशोक
१ असोज, पोखरा । न्यूनतम् पारिश्रमिक निर्धारण समितिका अध्यक्ष एवम् राष्ट्रिय समाचार समितिका पूर्व सञ्चालक सदस्य गङ्गाधर पराजुलीलाई मातृशोक परेको छ । पराजुलीकी माता ९३ वर्षीय कलावती पराजुलीको उपचारका क्रममा गण्डकी मेडिकल शिक्षण अस्पताल पोखरामा आज निधन भएको हो ।