काठमाडौँ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ, नेपालले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका कतिपय प्रारम्भिक बाल विकास (इसिडी)का सहजकर्ताले सेवा सुविधाको माग राखेर कक्षा सञ्चालन बन्द गराएकामा चासो व्यक्त गर्दै सहजीकरणका लागि आफ्ना सदस्य व्यवस्थापन समितिलाई आग्रह गरेको छ ।