अहिलेको परिवर्तनमा स्व. बगालेको महत्त्वपूर्ण योगदान छः सभापति देउवा
चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको परिवर्तन प्राप्तिमा स्व. चन्द्रकान्त बगालेको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् । आज बगालेको निवास भरतपुर महानगरपालिका-४ त्रिचोकमा आयोजित श्रद्धाञ्जली सभामा उनले हरेक आन्दोलनमा उनले निर्वाह गरेको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे ।