अफ्रिकी युनियनमा सुधार गर्न नयाँ पहल
२९ कात्तिक, आदिस अबाबा । अफ्रिकी मुलुकहरुको साझा संस्था अफ्रिकी युनियनमा सामयिक सुधार गर्ने उद्देश्य सहित यसै साता अफ्रिकी नेताहरु यहाँ भेला हुँदैछन् । पछिल्ला दिनमा अफ्रिकी युनियनमाथि दाँत नभएको र दातृ निकायमा निर्भर रहेको आरोप लाग्दै आएको छ ।