काठमाडौँ । चाणक्य प्राचीन भारतका एक महान् राजनीतिक दार्शनिक, अर्थशास्त्री, शिक्षक, कूटनीतिज्ञ, तथा रणनीतिकार थिए । चाणक्यलाई कौटिल्य वा विष्णुगुप्त पनि भनिन्छ । उनलाई इतिहासमा सबैभन्दा बुद्धिमान र कूटनीतिज्ञ व्यक्तिहरूमध्ये एक मानिन्छ । चाणक्य एक विद्वान ब्राह्मण परिवारमा जन्मिएका थिए