६ मंसिर २०८३, आइतबार

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले पाए कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी


जलाशययुक्त आयोजनामा सरकारको उच्च प्राथमिकता

काठमाडौँ । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि उनले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन् ।

प्रधानमन्त्रीसँगै दोस्रो वरियतामा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र तेस्रो वरियतामा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल भारत जाने भएपछि वरियताक्रम अनुसार चौथो वरियतामा रहेका श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन् ।

प्रधानमन्त्री शाहले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी श्रेष्ठलाई दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरिसकेको स्रोतले बताएको छ । सो सिफारिसको आधारमा राष्ट्रपति पौडेलले दैनिक प्रशासनिक कार्य गर्ने जिम्मेवारी श्रेष्ठलाई तोक्ने छन् ।

प्रधानमन्त्री बालेन शाह ३४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राजकीय भारत भ्रमणमा जाँदैछन् । उनले भारतका राष्ट्रपति र प्रधानमन्त्री लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !