धरान । धरानको बराह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवकुमार लामिछाने (विश्वकर्मा) पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको गृहमन्त्री सुधन गुरुङले जनाएका छन्।
गृहमन्त्री गुरुङ सामाजिक सञ्जालमाफर्त जानकारी दिँदै ‘पूर्वलाई न्याय’ भनेका छन्। बराह सहकारी अध्यक्ष लामिछानेलाई सहकारी बचत हिनामिना गरेको आरोप छ। उनीविरुद्ध जिल्ला अदालत, सुनसरीमा मुद्दा पनि दायर भएको छ।
उनीविरुद्ध पाँच अर्ब ८८ करोड बिगो दाबी गरिएको छ । गृहमन्त्री गुरुङले उनलाई पक्राउ गर्न सफल भएको र अब अन्य आरोपीलाई पनि कारबाहीको दायरमा ल्याउने बताएका छन् ।














