४ भदौ २०८३, बिहिबार

बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा मगर नियुक्त


बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा मगर नियुक्त

मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्रीमा एमालेका किरण थापा मगर नियुक्त भएका छन् । नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा आज बिहीबार थापा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को २ अनुसारको सरकार गठनमा दाबी गरेका थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । ६३ सांसदको समर्थनमा सरकार गठनका लागि दाबी गरेका थापाको नियुक्तिको सन्दर्भमा राप्रपाभित्र विवाद भइरहेको छ ।

थापालाई एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ सांसदको समर्थन रहेको छ । बागमतीमा सरकार बनाउन बहुमतका लागि ५३ सांसद चाहिनेमा एमाले र नेकपालाई २ सांसद अपुग थियो। १२ सांसद रहेको राप्रपा संसदीय दल नेताले समर्थन जनाएपछि बहुमत पुगेको थियो।

यसअघि बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बनियाँले भदौ १ मा संसद्‌बाट विश्वासको मत नपाउने भएपछि राजीनामा दिएलगत्तै प्रदेश प्रमुख देवकोटाले नयाँ सरकार गठनका लागि आह्वान गर्दै भदौ ४ गते ४ बजेसम्मको समयसीमा दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !