५ श्रावण २०८३, मंगलबार

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीविरुद्ध मात्रै प्रमुख निर्वाचन आयुक्त


संसदीय सुनुवाइ समिति

काठमाडौं । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीविरुद्ध मात्रै एउटा उजुरी परेको छ । संसदीय सुनुवाइ समितिमा आज उनीविरुद्ध एउटा उजुरी परेको हो ।

तर प्रस्तावित निर्वाचन आयुक्तद्धय गुरू वाग्ले र डा. राजीव सुब्बाविरूद्ध भने उजुरी परेको छैन । संसदीय सुनुवाइ समितिले असार २५ गते १० दिनको समय दिएर उजुरी आह्वान थियो ।

प्राप्त उजुरी वितरणका निम्ति संसदीय सुनवाइ समितिको बैठक आह्वान गरिएको छ । भोलि मंगलबार बिहान ११ बजे सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको हलमा बैठक बस्ने समिति सचिव सावित्रा शर्माले जानकारी दिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !