काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन वटा विधेयक प्रमाणीकरण गरेका छन् । राष्टपतिको कार्यालयका अनुसार विनियोजन विधेयक २०८३, राष्ट्र ऋण उठाउने विधेयक २०८३ र आर्थिक विधेयक २०८३ राष्ट्रपति पौडेलले मंगलबार प्रमाणीकरण गरेका हुन् ।
संघीय संसद्को बैठकबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेस भएको ती विधेयकहरू नेपालको संविधानको धारा ११३ उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् ।













