धनगढी । पत्रकार खेम भण्डारीलाई कारागार चलान गरिएको छ । कञ्चनपुर प्रहरीले फैसला कार्यान्वयनका लागि पक्राउ परेका पत्रकार भण्डारी आज कारागार चलान भएका हुन् ।
गाली बेइज्जती मुद्दामा अदालतबाट एक महिना ७ दिन कैद र १२ हजार रुपैयाँ जरिवानाको सजाय पाएका भण्डारी बिहीबार कारागार चलान भएका हुन् ।
कञ्चनपुरका पत्रकार भण्डारीलाई कञ्चनपुर प्रहरीले आज बिहीबार बिहान भीमदत्त नगरपालिका-१८ कटानबाट पक्राउ गरिएको थियो ।
निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणका विषयमा गाली बेइज्जतीको मुद्दामा पत्रकार भण्डारीलाई कञ्चनपुर जिल्ला अदालतले १ जेठ २०८२ मा दोषी ठहर गरेको थियो ।













