काठमाडौं । पत्रकार खेम भण्डारी पक्राउ परेका छन् । कञ्चनपुरका पत्रकार भण्डारीलाई कञ्चनपुर प्रहरीले आज बिहीबार बिहान भीमदत्त नगरपालिका-१८ कटानबाट पक्राउ गरिएको हो ।
भण्डारीलाई अदालतको फैसला कार्यान्वयनका क्रममा पक्राउ गरिएको बताइएको छ । निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणका विषयमा गाली बेइज्जतीको मुद्दामा पत्रकार भण्डारीलाई कञ्चनपुर जिल्ला अदालतले १ जेठ २०८२ मा दोषी ठहर गरेको थियो ।













