काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालत उपस्थित गराइएको छ । एमाले उपाध्यक्ष पौडेललाई म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइएको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हिजो सोमबार सुर्खेतबाट पौडेललाई पक्राउ गरेर आज बिहान बिहान मात्रै काठमाडौं ल्याइपुर्याएको हो । विभागले पौडेललाई म्याद थपका लागि विशेष अदालत पुर्याएको हो ।
विभागमा करिब २ घण्टा राखेपछि उनलाई विशेष अदालतमा उपस्थित गराइएको हो । उनले गरेको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको हो ।













