काठमाडौँ । हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ नेपाल फर्किएका छन् । न्याय अवश्य मिल्ने पूर्ण आशाले धुर्मुस नेपाल फर्किएका हुन् ।
सामाजिक संजाल फेसबुकमा आज बिहान पोष्ट गर्दै धुर्मुसले न्याय अवश्य मिल्ने छ भन्ने पूर्ण आशा र अटल विश्वास बोकेर आफ्नै मातृभूमिको आँगनमा फर्किएको उल्लेख गरेका छन् ।
उनले आशा छ, न्यायको अनुभूति गर्दै आफ्नै माटोको काखमा सुख-दुःख साटेर जीवनका घाउहरू निको पार्ने अवसर अवश्य प्राप्त हुनेछ भने विश्वास व्यक्त गरेका छन् ।













