काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका छन्। पार्टीको दुई दिने कार्यशाला उद्घाटन गर्दै आज ओलीले अराजकतन्त्र धेरै लामो समय नजाने पनि बताए ।
ओलीले भने – ‘संस्था र व्यक्तिहरूलाई म भन्न चाहन्छु- समय परिस्थिति एकैनासको रहँदैन। उत्ताउलिएर धेरै अघि नबढ्नुहोला। सधैं एउटै परिस्थिति रहँदैन।’
सरकारको आलोचना गर्नेहरूलाई प्रहरी र प्रशासन लगाएर कागज गराउने गरिएको दाबी उनको थियो। उनले राणाशासन, पञ्चायती व्यवस्था, राजतन्त्र ढलेको उल्लेख गरे । उनले अहिले सरकार पूर्वाग्रही ढंगले अघि बढेको पनि बताए।
भदौ २३ र २४ को घटनालाई ‘पचाउने’ प्रयास भएको पनि उनले बताए। आफू बाबुको किरिया बसेर सकेलगत्तै सरकारले बिना आधार पक्राउ पूर्जी थमाएको उनले बताए ।













