१८ जेष्ठ २०८३, सोमबार

प्रधानमन्त्रीले अभिव्यक्ति फिर्ता लिनैपर्ने विपक्षी दलको निष्कर्ष


प्रधानमन्त्रीले अभिव्यक्ति फिर्ता लिनैपर्ने विपक्षी दलको निष्कर्ष

काठमाडौं । विपक्षी दलहरुले नेपाल–भारत सीमाका विषयमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आफ्नो अभिव्यक्ति फिर्ता लिनुपर्नेमा निष्कर्ष निकालेका छन् । आज सोमबार सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको विपक्षी पाँच दलको बैठकबाट प्रधानमन्त्रीको उक्त भनाइप्रति आपत्ति जनाइएको हो ।

विपक्षी दलहरूले आजको प्रतिनिधि सभा बैठकमा पनि विरोध जारी राख्ने भएका छन्। प्रधानमन्त्री बालेन शाहले आइतबारको प्रतिनिधि सभा बैठकमा दिएको एक अभिव्यक्ति त्रुटिपूर्ण रहेको निष्कर्ष निकाल्दै विपक्षी दलहरूले प्रधानमन्त्रीलाई संसदमै आएर प्रष्टीकरण दिन भनेका छन्।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आह्वानमा आज सिंहदरबारमा कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाको बैठक बसेको थियो। बैठकपछि नेकपा प्रमुख सचेतक युवराज दुलालले कुराकानी गर्दै सीमा अतिक्रमणसम्बन्धी प्रधानमन्त्रीले हिजो सदनमा दिएको अभिव्यक्ति ‘राष्ट्रघाती’ भन्ने निष्कर्ष निस्किएको बताए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !