३१ बैशाख २०८३, बिहिबार

प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत


डा. स्वर्णिम वाग्ले

काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता (कर प्रस्ताव बाहेक) प्रस्तुत गरेका छन् ।

अर्थमन्त्री डा वाग्लेले प्रस्तुत गर्नुभएको सो प्रस्तावमा नेपालको संविधान र विद्यमान प्रणालीलाई सवल बनाउँदै परिणामुखी बनाउने विषयहरू समावेश रहेका छन् । सो प्रस्तावमा पाँच सिद्धान्त र पाँच प्राथमिकता रहेको छ ।

विनियोजन विधेयकका पाँच सिद्धान्तमा नागरिकको अनुभूत गर्नेगरी सुशासनको लाभांश, सार्वजनिक सम्पत्तिको दोहन र भ्रष्टाचार नियन्त्रण गर्दै अर्थतन्त्रको पुनःसंरचना, सन्निकटताका लागि एकीकृत पूर्वाधार विकास, सर्वव्यापी सामाजिक उन्नयन र मध्यम वर्गको विस्तार र सौम्य शक्तिको सृदृढीकरण रहेका छन् ।

त्यसैगरी, विनियोजन विधेयकका प्राथमिकतामा सेवा प्रवाहका लागि कानुनी संस्थागत सुधार र सूचना प्रविधिको समुपयोग, आर्थिक वृद्धिको क्षेत्रगत स्रोतहरूको पुनःप्राथमिकीकरण, भौतिक पूर्वाधारका लागि बहुपक्षीय पुँजी परिचालन, अवसरको समानताका लागि सामाजिक लगानी, अवसरको समानताका लागि सामाजिक लगानी, बहुआयामिक अन्तरराष्ट्रिय सम्बन्धको विविधीकरण रहेका छन् ।

अर्थमन्त्री वाग्लेले सामाजिक बजार अर्थतन्त्रलाई सुदृढ गर्ने, डिजिटल सार्वजनिक पूर्वाधार विकास र सरल कर प्रणाली लागू गर्ने पनि घोषणा गरे । अर्थमन्त्री डा. वाग्लेले आजै सो प्रस्ताव राष्ट्रियसभाको बैठकमा प्रस्तुत गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !