३० बैशाख २०८३, बुधबार

एमाले सांसद थापाको असंसदीय शब्द रेकर्डबाट हटाउन निर्देशन


एमाले सांसद थापाको असंसदीय शब्द रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेकपा (एमाले)का संसदीय दलका नेता रामबहादुर थापाले व्यक्त गरेको असंसदीय शब्द रेकर्डबाट हटाउन सङ्घीय संसद् सचिवालयलाई निर्देशन दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनालले नेता थापाले मङ्गलबार व्यक्त गरेको धारणा असंसदीय रहेको भन्दै हटाउन माग गरेका थिए ।

सभामुख अर्यालले सङ्घीय संसद् नियमावलीअनुसार असंसदीय शब्द रेकर्डबाट हटाउन निर्देशन दिए । सांसद मनिष खनालले धारणा राखे लगत्तै एमालेका सांसद ऐन महरले विरोध जनाएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !