३० बैशाख २०८३, बुधबार

हर्क साम्पाङले संसद्‌मै मागे प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा


हर्क साम्पाङले संसद्‌मै मागे प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा

काठमाडौँ । प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को राजीनामा माग गरिएको छ । विपक्षी सांसदहरूले संसद्मा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका हुन् ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको जवाफमा उपस्थित नभएको भन्दै विपक्षीहरूले राजीनामा माग गरेका हुन् । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उपस्थित नभएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बालेनको राजीनामा माग गरेका हुन् ।

आजको छलफलमा प्रधानमन्त्री बालेनको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्न सभामुख डीपी अर्यालले अनुमति दिएका थिए । योसँगै संसदका सबै विपक्षी दलहरू उठेर विरोध गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !