२७ चैत्र २०८२, शुक्रबार

उपसभामुखमा ठाकुरलाई मतदान गर्ने रास्वपाको निर्णय


रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठकले प्रतिनिधिसभाको उपभामुख पदमा श्रम संस्कृति पार्टीबाट उम्मेदवारी दिएकी रुविकुमारी ठाकुरलाई मतदान गर्ने निर्णय गरेको छ । सिंहदरबार आज बसेको बैठकले उपभामुख पदमा ठाकुरलाई पार्टीका सांसदहरूले मतदान गर्ने निर्णय गरेको हो ।

ठाकुरको समर्थकमा रास्वपाका अशोककुमार चौधरी रहेकी छन् । आज हुने निर्वाचनका लागि उपभामुखमा श्रम संस्कृतिका ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टीका सरस्वती लामा उम्मेदवार रहेका छन्  ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !