१९ चैत्र २०८२, बिहिबार

दीपक भट्टलाई १० दिन हिरासतमा राख्न अदालतको अनुमति


दीपक भट्ट

काठमाडौं । व्यवसायी दीपक भट्टलाई अनुसन्धानका लागि १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद सुवेदीको इजलासले भट्टलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

सम्पत्ति शुद्धीकरणको आरोपमा प्रहरीले पक्राउ गरेका भट्टलाई जिल्ला सरकारी वकिल काठमाडौंले अदालतमा पेस गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !