५ चैत्र २०८२, बिहिबार

प्रधानमन्त्रीमा बालेन शाहको शपथ चैत १३ गते हुने


बालेन्द्र शाह

काठमाडौँ । प्रधानमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहको शपथको मिति तय भएको छ । रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह तथा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेबीचको छलफलले प्रधानमन्त्रीमा शाहले शपथ लिने मिति तय गरेको हो ।

रास्वपा उपसभापति वाग्लेका अनुसार चैत १३ मा शाहले प्रधानमन्त्री पदको शपथ लिने तय गरिएको हो । वाग्लेले पार्टीका चार नेताबीच ‘राजकाज’का सम्बन्धमा छलफल भएको यसअघि नै जानकारी दिएका थिए ।

सांसदहरूको चैत १२ गते दिउँसो २ बजे शपथ लिने कार्यक्रम तय भएको छ । सांसदको शपथ लिएपछि मात्रै प्रधानमन्त्रीमा शाहले चैत १३ गते शपथ लिने तय भएको हो । रास्वपाका शीर्ष नेताहरूको छलफलमा चैत १३ गते नै मन्त्रीहरूको शपथ गराउने तयारी भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !