फाइल फोटो
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत उनले अब पदको राजनीतिबाट टाढा रहने तर जनताको अधिकार र पहिचानका लागि संघर्षको राजनीति भने निरन्तर जारी राख्ने बताएका हुन्।
उनले आफूले व्यक्तिगत इच्छाविपरीत दुई पटक संसदीय निर्वाचन लडेको उल्लेख गर्दै एक पटक जित र एक पटक हार व्यहोरेको बताए। तर दुवै निर्णयप्रति आफू सन्तुष्ट रहेको उनको भनाइ छ।
जनमत पार्टीको अध्यक्ष पनि अरुले नमानेपछि आफैँ बन्नुपरेको बाध्यता उनले उल्लेख गरेका छन् । व्यक्तिगत इच्छा विपरीत दुई पटक संसदीय निर्वाचन लडेको पनि उनले दाबी गरेका छन् ।
सिके राउत नेतृत्वको जनमत पार्टी २०७९ सालको प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनबाट उदाएको दल हो । २०७९ को चुनाव जितेका उनी यसपटक भने पराजित भएका छन् ।












