२१ चैत्र २०८२, शनिबार

मोना कतारद्वारा स्मार्ट टिभी सहयोग


smart tv

१ साउन, म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित पर्यटक सूचना केन्द्रलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले स्मार्ट टिभी सहयोग गरेको छ ।

जिल्लामा भित्रिने आन्तरिक तथा बाह्य पर्यटकलाई जिल्लाका धार्मिक तथा पर्यटकीयस्थलको जानकारी दिने उद्देश्यले कालीपुलमा स्थापना गरिएको केन्द्रलाई मोना कतारले स्मार्ट टिभी र प्रोजेक्टर सहयोग गरेको हो ।

सोमबार बेनीमा आयोजित कार्यक्रममा मोना कतारका सचिव तारा क्षेत्रीले सूचना केन्द्रका संयोजक एवं म्याग्दी उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष राजेश शाक्यलाई सहयोग हस्तान्तरण गरे । कार्यक्रममा म्याग्दी भ्रमण वर्ष-२०७५ लाई सफल बनाउन रचनात्मक कार्यमा समेत सहभागिता जनाउने सचिव क्षेत्रीले बताए ।

यस अगाडि पनि कतारमै आयोजित कार्यक्रममा त्यहाँ रहेका नेपालीलाई म्याग्दी भ्रमणको निम्तो दिने गरी अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएको थियो ।

बेनी नगरपालिका, नेपाल पर्यटन बोर्ड र म्याग्दी उद्योग वाणिज्य संघद्वारा सञ्चालित केन्द्रलाई सहयोग हस्तान्तरण कार्यक्रममा बेनपा–७ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले भ्रमण वर्षले जिल्लाका बारेमा स्वदेश तथा विदेशमा प्रचारप्रसारले भविष्यमा पर्यटकको आगमन बढ्ने बताए ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !