१४ बैशाख २०८१, शुक्रबार

बेंग्लोर राजस्थानसँग पराजित हुँदै आईपीएलवाट बाहिरियो


IPL

एजेन्सी, ६ जेठ ।  रोयल च्यालेन्जर्स बेंग्लोर आईपीएल क्रिकेटको यो सिजनबाट बाहिरिएको छ ।

प्लेअफको सम्भावना कायमै राख्न जित्नैपर्ने दबाब रहेको खेलमा राजस्थान रोयल्ससँग ३० रनले हारेपछि बेग्लोर प्लेअफमा नपुगी बाहिरिएको हो । १ सय ६५ रनको लक्ष्य पछ्याएको बेंग्लोरले खेल सकिन ४ बल बाँकी हुँदा १ सय ३४ रनमा अलआउट भएको हो ।

बेग्लोरका ए बी डी भिलियर्सले ५३ र पार्थिब पटेलले ३३ रन बनाएपनि अरु खेलाडीले गतिलो प्रदर्शन गर्न नसक्दा टीमले महंगो हार ब्यहोरेको हो । बेग्लोरका ६ जना ब्याट्स्म्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । राजस्थानका श्रेयस गोपालले ४ विकेट लिंदै बेग्लोरलाई दबाबमा राखे । ४ ओभरमा उनले मात्र १६ रन दिएर ४ विकेट लिएका हुन् । त्यस्तै, जयदेव उनाद्कट र लाफलिनले २–२ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । राजस्थानका लागि राहुल त्रिपाठीले अविजित ८० रन बनाए । उनले ५८ बलमा ५ चौका र ३ छक्का  प्रहार गरेका थिए ।

त्यस्तै कप्तान अजिंक्या रहानेले ३३ र हेनरिक क्लासेनले ३२ रन बनाए । रहानेले ३१ बलमा ३ चौका तथा क्लासेनले २१ बलमा ३ चौका र १ छ्रक्का हाने । बेंग्लोरका लागि उमेश यादवले ३ विकेट लिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !