१४ बैशाख २०८१, शुक्रबार

झापा ११ लाई १–० ले पराजित गर्दै थ्री स्टार क्लब फाइनलमा प्रवेश


threestar

३ जेठ, उदयपुर । उदयपुरमा जारी पाँचौं रमपम उदयपुर गोल्डकपको फाइनलमा झापा ११ लाई १–० ले पराजित गर्दै रुस्लान थ्री स्टार क्लब ललितपुर फाइनलमा प्रवेश गरेको छ ।

खेलको ५८ औं मिनटमा मार्टिनको प्रहार गोलमा परिणत हुनु नै थ्री स्टारका लागि फाइनलको गेटपास साबित भयो । थ्री स्टारकै पिटर सेगुन खेलको म्यान अफ दी म्याच भए । यसबापतन उनले नगद ७ हजार रुपैयाँ हात पारे । बिहीबार हुने अन्तिम सेमिफाइनलमा मनाङ मस्र्याङ्दीसँग सुनसरीले पौंठेजोरी खेल्नेछ।

प्रतियोगिताको विजेता र उपविजेता टिमले क्रमशः ५ लाख र ३ लाख रुपैयाँ पुरस्कार पाउने आयोजक समितिले जनाएको छ । प्रतियोगिताको फाइनल आउँदो शनिबार हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !