१४ बैशाख २०८१, शुक्रबार

एशियन प्रतियोगिताका लागि प्याराग्लाईडिङ राष्ट्रिय टिमको घोषणा


paraglading

कार्तिक २२, कास्की | नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङ्गग्लाईडिङ्ग संघले २०१८ मा आयोजना हुने एशियन प्रतियोगितालाई मध्यनजर राख्दै एक राष्ट्रिय टिमको घोषण गरेको छ । जसमा २१ पुरुष खेलाडी र ४ महिला खेलाडी चयन भएका छन् ।
नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङ्गग्लाईडिङ्ग संघको आयोजनामा स्याङ्गजाको स्वरेकमा आयोजना गरिएको अन्तराष्ट्रिय खुल्ला तथा राष्ट्रिय टिम छनोट प्याराग्लाईडिङ्ग च्याम्पियनसिप २०१७ मा सहभागी खेलाडीहरुबाट उक्त टिम छनोट भएका हुन् । खेलाडीहरुलाई उनीहरुले प्रतियोगितामा प्राप्त अंकको आधारमा छनोट गरिएको संघका महासचिव शैलेन्द्र रावतले जनाएका छन् ।

paraglading-1 बिमल अधिकारीको क्याप्टेनसिमा छनोट हुन सफल अन्य २० पुरुष खेलाडीहरुमा रिषी पोडे, बिशाल जलारी, कृष्णबहादुर सुनुवार, मदन कुमार सुनुवार, शेरबहादुर गुरुङ्ग, सविन राना मगर, विशाल थापा, युवराज सुनुवार, विजय गौतम, निशिम थापा, अनिष भट्टराई, तेम्बा लामा शेर्पा, मोहन कुमार सुनुवार, बिशाल थापा, परमेश्वर खत्री, गणेश थापामगर, प्रविण केसी विजय दाहाल, नविन परियार र मुकेश गुरुङ्ग रहेका छन् । त्यस्तै महिला ४ खेलाडीमा विवि सोन्ताङ्ग, सवितातामाङ्ग, निकिता सुनुवार र अनुष्का सुनुवार रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !