१४ बैशाख २०८१, शुक्रबार

निर्वाचनमा सहभागी हुनुलाई संविधान स्वीकारेको अर्थमा बुझ्न हुँदैन : महन्थ ठाकुर


असोज ४, काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्षमन्डलका संयोजक महन्थ ठाकुरले स्थानीय तह निर्वाचनमा सहभागी हुनुलाई संविधान स्वीकार गरेको अर्थमा बुझ्न नहुने बताएका छन् । नेपाल कानुन समाजले बुधबार राजधानीमा गरेको अन्तरक्रियामा उनले अहिलेको संविधान विभेदकारी भएकाले यसलाई कुनै हालतमा स्वीकार्न नसकिने टिप्पणी गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जुन संरचनामा संविधान निर्माण गरिएको हो, त्यही संरचनामा समाज रुपान्तरण गर्नुपर्ने भन्दै वर्तमान व्यवस्थाप्रति प्रश्न उठाए मुलुक पुनः गम्भीर संकटमा फस्ने जिकिर गरे । तत्कालीन संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले ‘वर्तमान संविधान मुलुकका सबै जातजाति, समुदाय, भाषा र धर्मावलम्बीको साझा दस्तावेज भएकाले अबपनि संविधान अस्वीकार गरेको भन्नु हास्यास्पद हो’–भने ।

यस्तै, माओवादी केन्द्रका नेता वर्षमान पुनले तीन चरणको स्थानीय तह निर्वाचनमा जनताको सहभागिताले वर्तमान परिवर्तनलाई जनताले स्वीकार गरेको पुष्टि हुने बताए । कार्यक्रममा सहभागी संविधानविद्हरुले संविधानको कार्यान्वयन पक्ष जटिल हुने भन्दै कार्यान्वयन पक्षलाई प्रभावकारी ढंगले अगाडि बढाउन सक्नुपर्ने धारणा राखेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !